अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पा हाजिर जमानीमा छुटेका छन् । ठगी र आपराधि सम्बन्धी कसुरमा पक्राउ परेका शेर्पा काठमाडौँ जिल्ला अदालतको आदेश अनुसार हाजिर जमानीमा रिहा भएका हुन् ।
उनलाई असार १२ गते प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको थियो । हात्तिगौंडामा सञ्चालित टुङ्गरम इन्टरनेसनल एकेडेमीको ८ करोड ७८ लाख ३० हजार रुपैयाँ अपचलन गरेको कसुरमा पक्राउ परेका शेर्पाले सो रकम विद्यालयलाई फिर्ता गर्ने बयान दिएकाे बताइएकाे छ ।
प्रतिक्रिया