+
Search

ताजा अपडेट +

पपुलर +

राष्ट्रिय सभाको बैठक बस्दै

शब्द-यात्रा
२०८३ असार १७, बुधबार

आज दिउँसाे संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको बैठक बस्दै छ । बैठक दिउँसो सवा १ बजे सिंहदरबारमा बस्ने भएकाे हाे ।

आजकाे बैठकमा परराष्ट्रमन्त्री शिशिर खनाल र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले आफ्नो मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको जवाफ दिने कार्यसूची रहेकाे छ ।

त्यसैगरि सांसद रेनु चन्दले ‘प्रविधिको प्रयोग गरी हुने लैंगिक हिंसा रोकथाम, नियन्त्रण एवं महिलाको हकको संरक्षण र न्यायमा पहुँच सुनिश्चित गर्न आवश्यक नीतिगत, कानूनी तथा संस्थागत व्यवस्था गरी प्रभावकारी कार्यान्वयन गर्ने सम्बन्धी’ संकल्प प्रस्ताव प्रस्तुत गर्ने तयारी रहेकाे छ ।

त्यस्तै सभाका अध्यक्षले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रको बेहोरा जानकारी गराउने कार्यसूचीमा उल्लेख गरिएकाे छ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा