+
Search

ताजा अपडेट +

पपुलर +

झापाको बाहुनडाँगीमा जङ्गली हात्तीको आतङ्कले स्थानीय त्रसित

शब्द-यात्रा
२०८३ असार १७, बुधबार

झापाको बाहुनडाँगी क्षेत्रमा जङ्गली हात्तीको बढ्दो आतङ्कका कारण स्थानीयवासी त्रसित बनेका छन् ।

हुलका हुल जङ्गली हात्ती त्यहाँ प्रवेश गरी स्थानीयका बाली नष्ट पारिदिने र मान्छे समेतलाई आक्रमण गर्ने डरले स्थानीयमा चिन्ता बढाएको हो ।

हात्तीको आक्रमणबाट विगतमा २९ जना र यस वर्ष दुई जना गरी हालसम्म ३१ जनाले अकालमै ज्यान गुमाइसकेका छन् । हमलाबाट जनतालाई जोगाउन यसअघि नेपाल सरकारको पहलमा मेची नदीको पश्चिम किनारमा १७ दशमलव १४ किमीमा सोलार फेन्सी तार जडान गरिएको थियो । हाल सोलारप्यानल जीर्ण अवस्थामा पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा