+
Search

ताजा अपडेट +

पपुलर +

एमालेका पूर्वसांसद कोइरी पक्राउ

शब्द-यात्रा
२०८३ असार १९, शुक्रबार

नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ परेका छन् । प्रहरीले काेइरीलाई महोत्तरीको गौशालाबाट पक्राउ गरेकाे हाे ।

हत्याका आराेपी काेइरीलाई पाँच वर्ष कैद सजाय फैसला कार्यान्वयनका लागि पक्राउ गरिएको उच्च अदालत जनकपुरले जनाएकाे छ । यसअघि थमन विक हत्या प्रकरणमा महोत्तरी जिल्ला अदालतले उनलाई सफाई दिएको भएपनि उच्च अदालतले उक्त फैसला उल्ट्याइदिएको थियाे ।

२०७२ साल भदौ २५ गते मधेश आन्दोलनका बेला सशस्त्र प्रहरीका असई विकको हत्या भएकाे थियाे । यो घटनमा मुछिएका कोइरीसहित २८ जनाविरुद्ध २०७५ साउन २८ गते कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा