+
Search

ताजा अपडेट +

पपुलर +

आज राष्ट्रियसभाको बैठकमा विभिन्न शीर्षकमा छलफल हुने

शब्द-यात्रा
२०८३ असार १९, शुक्रबार

आज दिउँसाे सवा १ बजे संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठकमा आर्थिक तथा बजेटसम्बन्धी विधेयक र विनियोजन विधेयकमाथि छलफल हुने भएकाे छ । “आर्थिक विधेयक, २०८३” र “राष्ट्र ऋण उठाउने विधेयक, २०८३” सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश राष्ट्रियसभाका सचिव तुलबहादुर कँडेलले सभासमक्ष टेबल गर्ने कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।

त्यसैगरि विनियोजन विधेयक, २०८३ अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि, वन तथा वातावरण मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय तथा रक्षा मन्त्रालयको विनियोजन शीर्षकमाथि समूहीकृत रूपमा छलफल हुने पनि सचिवालयले जनाएकाे छ ।

आजकाे कार्यसूचीमा राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयको विनियोजन शीर्षकमाथि पनि छलफल हुने उल्लेख गरिएकाे छ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा