+
Search

ताजा अपडेट +

पपुलर +

साउन १ गतेदेखि लाइसेन्स घरमै पुर्‍याइने

शब्द-यात्रा
२०८३ असार १९, शुक्रबार

आगामी १ साउनदेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स) सेवाग्राहीकाे घरमै पुर्‍याइने भएकाे छ । यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रको आवेदन दिने सेवाग्राहीलाई घरमै पुर्‍याउने व्यवस्था सुरु गर्ने भएको हाे ।

विभागले हुलाक सेवा विभागसँगको सहकार्यमा सेवाग्राहीको इच्छाअनुसार तोकिएको ठेगानामा लाइसेन्स पुर्‍याउने तयारी गरेको हो । नयाँ आर्थिक वर्षदेखि आवेदन दिने सेवाग्राहीले फारम भर्दा नै आफूलाई पायक पर्ने स्थान वा घरको ठेगाना छनोट गर्न पाउने छन भने साेहि बमाेजिम सेवाग्राहीले लाइसेन्स प्राप्त गर्ने विभागका उपनिर्देशक केशवराज खतिवडाले जनाएका छन् ।

हुलाकले विभिन्न यातायात कार्यालयसँग समन्वयमा हालसम्म १ हजार ८९ वटा लाइसेन्स नागरिकका घर-घरमा पुगेको थियाे भने आगामी साउनदेखि यातायात विभागले तथ्यांक संकलन गरेर सेवाग्राहीकाे घरसम्म लाइसेन्स पुर्‍याउने तयारी थालेकाे हाे ।

सुरक्षण मुद्रण केन्द्रसँगको सम्झौताअनुसार कुल २९ लाख लाइसेन्समध्ये हालसम्म २४ लाख लाइसेन्स छापिसकिएको छ भने बाँकीमध्ये २ लाख प्रति छाप्ने तयारी भइरहेको र असार मसान्तसम्म सम्पन्न भइसक्ने बताइएकाे छ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा