काठमाडौँ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको प्रतिवेदन असार २५ सम्मभित्र केन्द्रमा बुझाउन तरुण दलले निर्देशन दिएको छ ।
दलका सभापति मनिष कोइरालाले आइतबार विज्ञप्ति जारी गर्दै आफूले पार्टीको क्रियाशील सदस्यता अद्यावधिकमा सहयोग गर्न ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधिहरू परिचालन गरिएको र प्रतिनिधिहरूले असार २५ गतेभित्र प्रतिवेदन बुझाउनुपर्ने बताएका हुन् ।
‘अभियानलाई उच्च प्राथमिकताका साथ सम्पन्न गरी तोकिएको समयभित्र प्रतिवेदन इमेल मार्फत पठाइदिनुहुन अनुरोध गरिन्छ,’ परिपत्रमा उल्लेख छ ।

प्रतिक्रिया