+
Search

ताजा अपडेट +

पपुलर +

पूर्णबहादुर खड्काले बोलाए इतर समूहको विस्तारित बैठक

शब्द-यात्रा
२०८३ असार २२, सोमबार

नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले इतर समूहको बैठक बोलाएका छन् ।

नेता खड्काले काठमाडौंको चुनदेवीस्थित सम्पर्क कार्यालयमा सोमबार दिउँसो २ बजे विस्तारित बैठक बोलाएको नेता मीन विश्वकर्माले जानकारी दिए ।

बैठकमा कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी, केन्द्रीय सदस्य र काठमाडौंमा उपलब्ध जिल्ला सभापतिलाई बोलाइएको छ । पूर्वसभापति शेरबहादुर देउवापक्षका एक नेताका अनुसार विस्तारित बैठकले राष्ट्रिय भेलाको मिति तय गर्ने सम्भावना छ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा