पर्सा । पर्सामा गाँजासहित भारतीय नागरिक पक्राउ परेका छन् ।
जगरनाथपुर गाउँपालिका–२ स्थित भित्रि इनर्वा जाने चोकबाट अवैध लागूऔषध गाँजाजस्तो देखिने पदार्थ १ सय २ किलो ६ सय ३८ ग्राम सहित भारतीय नागरिक पक्राउ परेका हुन् ।
भारत बिहार बेतिया नवलपुर बस्ने ३२ वर्षीय गुडु बर्मालाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय जानकीटोलबाट खटिएको प्रहरीले सोनवर्षाबाट भारततर्फ जाँदै गरेको बीआर ०१ सियू ३५४४ नम्बरको कारलाई जाँच गर्दा लुकाइछिपाइ राखिएको १० वटा पोकामा रहेको उक्त परिमाणको पदार्थ फेला पारी चालक गुडुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया