आज बिहान भएको फिफा विश्वकप २०२६ को खेलमा बेल्जियमले संयुक्त राज्य अमेरिकालाई ४–१ गाेलले पराजित गर्दै क्वार्टरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ । खेलको सुरुवातदेखि नै आक्रामक रूपमा प्रस्तुत भएको बेल्जियमले ९औँ मिनेटमा चार्ल्स डे केटेलारेकाे गाेल मार्फत गर्दै अग्रता लिएकाे थियाे ।
त्यसपछि खेलको ३१औँ मिनेटमा अमेरिकाका म्यालिक टिलम्यानले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए पनि अमेरिकाले अरु थप गाेल गर्न सकेन । बेल्जियमका तर्फबाट खेलको ३३औँ मिनेटमा केटेलारेले नै व्यक्तिगत दोस्रो गोल गर्दै २–१ अग्रता दिलाएका थिए ।
खेलको ५७औँ मिनेटमा हाने भानाकेनले गोल गर्दै बेल्जियमलाई ३–१ को बलियो स्थितिमा पुर्याएका थिए भने खेल सकिनै लाग्दा इन्जुरी समयको (९०ं+३) मिनेटमा बेल्जियमका अनुभवी स्ट्राइकर रोमेलु लुकाकुले गोल गर्दै ४–१ को जित सुनिश्चित गरेका थिए ।
यो जितसँगै बेल्जियम क्वार्टरफाइनल प्रवेश गरेकाे छ भने अमेरिकाको विश्वकपकाे अन्तिम १६ बाट बाहिरिएकाे छ । आजकाे खेलबाट अमेरिका बाहिरिएसँगै आयोजक ३ वटै देश अमेरिका, क्यानडा र मेक्सिको विश्वकप यात्राबाट बाहिरिएकाे छ ।
प्रतिक्रिया