+
Search

ताजा अपडेट +

पपुलर +

नाबालक हत्यामा संलग्न फरार प्रतिवादी पक्राउ

शब्द-यात्रा
२०८३ असार २३, मंगलबार

कैलाली । नाबालक हत्यामा संलग्न फरार प्रतिवादी पक्राउ परेका छन् ।

नाबालकको हत्या भएको घटनामा संलग्न रही फरार रहेका गौरीगंगा नगरपालिका–६ बस्ने २५ वर्षीय खगेन्द्र भन्ने खेमराज कठायत पक्राउ परेका हुन् ।

धनगढी उपमहानगरपालिका–१७ स्थित कालिका सामुदायिक वनमा १० वर्षीय तनुज चौधरी असार १२ गते मृत अवस्थामा फेला परेका थिए । सो घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले घटनामा संलग्न उनलाई धनगढी उपमहानगरपालिका–२ भन्सार रोडबाट पक्राउ गरेको हो ।

उनी उपर ज्यान सम्बन्धी कसुर मुद्दामा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा