काठमाडौँ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले कर्णाली प्रदेशका सबै स्थानीय तहका केन्द्र र जिल्ला सदरमुकाम जोड्ने सडकलाई आगामी तीन वर्षभित्र दुई लेनको बनाउने बताएका छन्।
मंगलबार राष्ट्रिय सभाको बैठकमा सांसदले उठाएका प्रश्नको उत्तर दिने क्रममा मन्त्री लम्सालले हाल कायम रहेका एक लेनका सडकहरूलाई तीन वर्षभित्र दुई लेनमा विस्तार गर्ने सरकारको लक्ष्य रहेको बताएका हुन् ।
‘हाल कायम रहेका एक लेनका सडकहरूलाई तीन वर्षभित्र दुई लेनमा विस्तार गर्ने सरकारको लक्ष्य छ,’ मन्त्री लम्सालले भने, ‘यसै आर्थिक वर्षमा विस्तृत परियोजना प्रतिवेदन र लागत अनुमान तयार गरी काम सुरु गरिनेछ।’
यसका साथै, उत्तरी सीमासम्म सडक सञ्जाल विस्तार गर्ने कार्यलाई पनि सरकारले विशेष प्राथमिकतामा राखेको उनको भनाइ थियो।
प्रतिक्रिया