आज प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्दैछ । आजकाे बैठकमा महान्याधिवक्ताको र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसुची रहेकाे छ ।
बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुनमन्त्री सोविता गौतमले राष्ट्रिय सेवा दल विधेयक २०८३ र नेपाल विशेष सेवा ऐन २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक २०८३ पेश गर्नेछन् ।
त्यसैगरि आजकाे बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंक तेस्रो विधेयक २०८३ लाई दफावार छलफलको लागि सम्बन्धीत समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
त्यस्तै संस्कृतिमन्त्री खडकराज पौडेलले राष्ट्रियसभामा उत्पत्ति भएको पर्यटन विधेयकलाई सम्बन्धीत समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्ने कार्यसुची रहेको छ ।
प्रतिक्रिया