आज संघीय संसद अन्तर्गत दुवै सदनको बैठक बस्दैछ । हिजाे १५ मिनेटका लागि स्थगित भएको प्रतिनिधिसभाकाे बैठक विशेष कारणबवश भन्दै सूचना टाँसेर स्थगित गरिएकोमा बैठक आज बिहान ११ बजेलाई बोलाइएको छ ।
हिजो निर्धारित कार्यसुची अनुसार बैठक सन्चालन हुन नसकेपछि आज बिहान ११ बजेलाई बोलाइएको हाे । आजको बैठकमा हिजोकै कार्यसुचीमा रहेका महान्याधिवक्ता र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेश हुनेछ भने प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुनमन्त्री सोविता गौतमले राष्ट्रिय सेवा दल विधेयक २०८३ र नेपाल विशेष सेवा ऐन २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक २०८३ पेश गर्नेछन् ।
त्यसैगरि अर्काे राष्ट्रियसभा बैठक दिउँसो सवा १२ बजेका लागि बाेलाइएकाे छ । बैठकमा विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सार्वजानिक खरिद दोस्रो संशोधन विधेयक २०८३, सम्पत्ति सुद्धिकरण मनि लाउण्डरिङ निवारण तेस्रो संशोधन विधेयक २०८३, सहकारी पहिलो संशोधन विधेयक र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशेधन गर्ने विधेयक २०८३ पेश गर्ने कार्यसूचि रहेकाे छ ।
संसद सचिवालयका अनुसार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थिक विधेयक र राष्ट्र ऋण उठाउने दफावार छलफलका लागि पेश गरी पारित गर्ने कार्यसुची रहेको बताइएको छ ।
प्रतिक्रिया