तेहरान । इरानका नयाँ सर्वोच्च नेता मोजताबा खामेनीले आफ्ना पिता आयतोल्लाह अली खामेनेईको अन्त्येष्टिपछि पहिलो पटक सन्देश जारी गरेका छन्।
अल जजिराका अनुसार उनले भने, ‘म पक्कै पनि मेरा पिताको निर्दोष रगतको बदला लिनेछु, यो हाम्रो राष्ट्रको चाहना पनि हो।’
मोजताबाले अन्त्येष्टिमा सहभागी भई आफ्ना पिताप्रति श्रद्धाञ्जलि अर्पण गर्ने लाखौं मानिसहरूप्रति आभार व्यक्त गरे। उनले मानिसहरूको उक्त विशाल उपस्थिति देशका शत्रुहरूका लागि एक सशक्त जवाफ भएको र यसले एउटा ऐतिहासिक क्षणको प्रतिनिधित्व गरेको बताए।
फेब्रुअरीको अन्त्यतिर युद्धको पहिलो दिन अमेरिका र इजरायलको आक्रमणमा परी हत्या गरिएका आफ्ना पिताको अन्त्येष्टिमा शत्रुको मनोबल तोड्ने खालको ऐतिहासिक उपस्थिति जनाउने लाखौं मानिसप्रति इरानका सर्वोच्च नेता मोजताबा खामेनीले आभार व्यक्त गरेका छन्।
सर्वोच्च नेताले बदला लिने आह्वान गर्दै इरानले आफ्नो अडान र प्रतिरोधको सन्देश दिइरहेको छ। उनले यो पनि उल्लेख गरेका छन् कि सत्तामा जोसुकै भए पनि दिवंगत खामेनी तथा अमेरिका र इजरायलको सैन्य कारबाहीमा मारिएकाहरूको मृत्युको बदला लिनु अपरिहार्य छ।
प्रतिक्रिया