सुकुम्बासी बस्तीबाट हटाइएका नागरिकलाई सरकारले अझ भयावह जोखिममा धकेलेको भन्दै कांग्रेसले आपत्ति जनाएको छ ।
प्रमुख विपक्षी नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुकुम्बासीको सुरक्षित व्यवस्थापन गर्ने भन्दै प्रधानमन्त्री वालेन्द्र शाहले गरेको सार्वजनिक प्रतिबद्धताप्रति पनि प्रश्न उठाएका हुन् ।
‘प्रधानमन्त्रीजीले गरेको एउटा सार्वजनिक प्रतिबद्धता आज पनि सम्झिन्छुः ज्यान जोखिममा रही असुरक्षित स्थानमा बसोबास गरिरहेका नागरिकका लागि सुरक्षित तथा व्यवस्थित स्थानान्तरणको व्यवस्था गरिनेछ । आज म प्रधानमन्त्रीजीलाई सोध्न चाहन्छु, त्यो प्रतिबद्धता कहाँ हरायो ? के यही हो तपाईंले वाचा गर्नुभएको सुरक्षित र व्यवस्थित व्यवस्थापन ?’ आङ्देम्बेले भने ।
प्रतिक्रिया