काठमाडौं। मिडिया हाउस र प्रतिपक्ष दलका नेताहरूको निवास अगाडि शंकास्पद रूपमा राखिएको गाडीको विषयमा आज संसद्मा कुरा उठेको छ ।
कान्तिपुर, अनलाइन खबर र हिमालय टेलिभजन तथा नेपाली कांग्रेसका सभापति गगन थापाको निवास अगाडि अनधिकृत गाडी पार्किङ गरिएको विषयमा संसद्मा प्रश्न उठेको हो ।
आज संसद् बैठकमा बोल्दै नेकपा एमालेका सांसद गणेश ठगुन्ना र नेकपाका सांसद रमेश मल्लले सो विषयमा प्रश्न उठाए । एमाले सांसद गणेशसिंह ठगुन्नाले मिडिया क्षेत्र र राजनीतिक नेतृत्वको निवास तथा कार्यालय अगाडि मानसिक त्रास फैलाउने कार्य भएको भन्दै विरोध गरेका छन् ।
उता, नेकपाका सांसद मल्लले राज्य संरक्षित रूपमा न्युरोडमा जाम गराउने र मिडिया हाउसको मूलढोकामा जबर्जस्ती सवारी साधन पार्क गराउने काम भइरहेको आरोप लर्गाका छन् ।
प्रतिक्रिया