सूचना तथा सञ्चार मन्त्रालयले एक सूचना जारी गर्दै विज्ञापन बोर्डको अध्यक्षका लागि आवेदन आह्वान गरेकाे छ । मन्त्रालयले बोर्डको अध्यक्ष पदका लागि योग्य नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरेको हो ।
मन्त्रालयकाे सूचना अनुसार विज्ञापन बोर्डमा अध्यक्ष पदका लागि योग्य उम्मेदवार छनोट गरी नियुक्त गर्न लागिएको हो । अध्यक्ष पदका लागि इच्छुक र योग्यता पुगेका व्यक्तिहरूले आगामी २०८३ साउन ८ गते (शुक्रबार) कार्यालय समयभित्र मन्त्रालयमा आफ्नो दरखास्त पेस गरिसक्नु पर्ने सूचनामा उल्लेख गरिएकाे छ ।
मन्त्रालयका अनुसार उम्मेदवारका लागि आवश्यक पर्ने न्यूनतम योग्यता, दरखास्त फारामको ढाँचा तथा दरखास्तका साथ संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू लगायतको विस्तृत विवरण सूचना तथा सञ्चार मन्त्रालयको आधिकारिक वेबसाइटमा उपलब्ध गराइएको बताइएको छ ।
प्रतिक्रिया