+
Search

ताजा अपडेट +

पपुलर +

निगमले इन्धनको मूल्य सूची सार्वजनिक गर्‍याे

शब्द-यात्रा
२०८३ असार ३२, बिहीबार

नेपाल आयल निगमले इन्धनको मूल्य सूची सार्वजनिक गरेको छ । निगमले इन्धनको मूल्य सूची सार्वजनिक गरे पनि मूल्य भने पुरानै कायम गरिएकाे छ ।

मध्ये पूर्वमा जारी युद्धका कारण बिगत केहि महिनादेखि इन्धनको मूल्यमा उतारचढव आएकाे र इन्डियन आयल कर्पाेरेसनबाट प्राप्त मूल्य अनुसार स्वचालित मूल्य प्रणाली बमाेजिम मूल्य समायाेजन हुन नसकेकाे र हाललाई विगतकै मूल्य यथावत राखिएको निगमले जनाएको छ ।

निगमकाे २०८३ असार ३१ गते बसेकाे बैठककाे निर्णय अनुसार साविककाे खुद्रा मूल्यलाई यथावत राखिएकाे बताइएकाे छ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा