+
Search

ताजा अपडेट +

पपुलर +

सशस्त्र र नेपाल प्रहरीगद्वारा लाखौँको अवैध सामान बरामद

शब्द-यात्रा
२०८३ असार ३२, बिहीबार

सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले लाखौँ मूल्य बराबरको अवैध सामान बरामद गरेको छ । संयुक्त टोलीले महोत्तरी जिल्लाको जलेश्वर नगरपालिकाबाट उक्त मूल्यकाृ सामान बरामद गरेको हाे ।

सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले विशेष सूचनाका आधारमा बुधवार जलेश्वर नगरपालिका–४, सुँगास्थित एक घरमा खानतलासी गरेको थियो । खानतलासीका क्रममा भन्सार छली लुकाई छिपाई राखिएको विभिन्न ब्रान्डका मोबाइलका पार्ट्सहरू (पुर्जाहरू) र विभिन्न प्रकारका लत्ताकपडाहरू बरामद गरिएको प्रहरीले जनाएको छ ।

संयुक्त टोलीले बरामद गरेका सामग्रीहरूको बजार मूल्य अन्दाजी १३ लाख ४४ हजार रुपैयाँ बराबरकाे मूल्यांकन गरिएको छ । उक्त अवैध सामानहरू कसले र के प्रयोजनका लागि भण्डारण गरेको हो भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा