+
Search

ताजा अपडेट +

पपुलर +

सम्पत्ति छानबिन स्थगित गर्ने आयोगको निर्णय

शब्द-यात्रा
२०८३ असार ३२, बिहीबार

काठमाडौं । सम्पत्ति छानबिन आयोगले आफ्नो सम्पूर्ण कामकारबाही हाललाई स्थगित गरेको छ ।

सर्वोच्च अदालतले सम्पत्ति विवरण संकलन र छानबिनको कार्य नगर्न अन्तरिम आदेश जारी गरेपछि आयोगले सबै छानबिन स्थगित गर्ने निर्णय लिएको हो ।

आयोगले आज सूचना जारी गर्दै अर्को सूचना प्रकाशित नभएसम्मका लागि सम्पत्ति विवरण संकलन र छानबिनका सबै काम स्थगित गरिएको जानकारी दिएको छ ।

सर्वोच्च अदालतले उच्चस्तरीय सम्पत्ति जाँचबुझ आयोगलाई पूर्ण इजलासबाट अर्को फैसला नआएसम्म कसैलाई पनि सम्पत्ति विवरण पेश गर्न वा पेश भएका विवरण छानबिन कार्य नगर्न आदेश दिएसँगै आयोगले काम कारबाही स्थगित गरेको हो ।

न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासको अन्तरिम आदेशले आयोगलाई आफूखुसी अदालती आदेशको व्याख्या गर्नबाट समेत रोक लगाएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा