+
Search

ताजा अपडेट +

पपुलर +

बैतडीमा ट्र्याक्टर दुर्घटना हुँदा घटनास्थलमै चालकको मृत्यु

शब्द-यात्रा
२०८३ असार ३२, बिहीबार

बैतडीको पुर्चौडी नगरपालिकामा ट्र्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

बिहीबार दिउँसो करिब ३ बजेर ३० मिनेटमा पुर्चौडी नगरपालिका–१ रोतेशिला क्षेत्रमा पुरघाटबाट ढोल्यामोडतर्फ जाँदै गरेको सुपप्र ०२–००१ त १६०० नम्बरको ट्र्याक्टर दुर्घटनामा ट्र्याक्टर चालक कञ्चनपुरको तत्कालीन सुडा गाविस–८ हाल भीमदत्त नगरपालिका निवासी ४४ वर्षीय देवसिंह भण्डारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक भुवन तिमल्सिनाले जानकारी दिए।

प्रहरीका अनुसार ट्र्याक्टर सडकबाट करिब २० देखि २५ मिटर तल खसेको थियो। दुर्घटनाका समयमा ट्र्याक्टरमा चालकबाहेक अन्य कोही सवार नरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा