+
Search

ताजा अपडेट +

पपुलर +

भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघ्यो

शब्द-यात्रा
२०८३ साउन २, शनिबार

भेनेजुएला । भेनेजुएलामा गत महिना गएका दुई शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघेको छ ।

गत जुन २४ मा एक मिनेटको अन्तरालमा सात दशमलव दुई र सात दशमलव पाँच म्याग्निच्युडका दुई भूकम्प जाँदा राजधानी काराकासको उत्तरमा रहेको तटीय राज्य ला गुआइरा सबैभन्दा बढी प्रभावित भएको थियो ।

पुनर्निर्माणका लागि अन्तरराष्ट्रिय मुद्रा कोषले ३४ करोड ६० लाख अमेरिकी डलर उपलब्ध गराएको अधिकारीहरूले शनिबार बताएका छन् । नेसनल एसेम्बलीका प्रमुख जर्ज रोड्रिगेजका अनुसार भूकम्पमा परी हालसम्म पाँच हजार ६९ जनाको मृत्यु भएको छ । अधिकांश मृतक तटीय क्षेत्रका बासिन्दा रहेका छन् ।

भूकम्पमा घाइते हुनेको सङ्ख्या १६ हजार ७४० पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा