+
Search

ताजा अपडेट +

पपुलर +

रक्सौलमा एसएसबीको कारबाही, नेपाल छिर्न लागेकी उज्बेकिस्तानकी महिला पक्राउ

शब्द-यात्रा
२०८३ साउन २, शनिबार

रौतहट । भारत–नेपाल सीमास्थित रक्सौल–वीरगञ्ज मैत्री पुलमा सशस्त्र सीमा बल एसएसबीले ठूलो सुरक्षा कारबाही गर्दै नेपाल प्रवेश गर्न लागेकी उज्बेकिस्तानकी एक महिलालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा उज्बेकिस्तानकी नागरिक बोजोरोवा शकरजोन रहेकी छन्। उनी भारतबाट नेपाल प्रवेश गर्ने क्रममा नियमित सुरक्षा जाँचका बेला शंकास्पद देखिएपछि एसएसबीले नियन्त्रणमा लिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

प्रारम्भिक अनुसन्धानका अनुसार ती महिलासँग भारतमा बसोबास गर्न आवश्यक पर्ने वैध भिसा वा अन्य कानुनी कागजात थिएनन्। उनले आफ्नो वास्तविक परिचय लुकाउन नक्कली भारतीय आधार कार्डसहित अन्य कागजात तयार पारेको खुलेको छ।

सीमामा कागजात जाँचका क्रममा शंका उत्पन्न भएपछि एसएसबीले उनलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि हरैया थाना प्रहरीको जिम्मा लगाएको छ।

यस घटनाबारे विस्तृत आधिकारिक विवरण आउन बाँकी रहेको र अनुसन्धान जारी रहेको बताइएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा