फिफा विश्वकप २०२६ अन्तर्गतकाे खेलमा फ्रान्सलाई हराउँदै इङ्गल्याण्डले तेश्राे स्थान हासिल गरेकाे छ । मियामी स्टेडियममा सम्पन्न खेलमा इङ्गल्याण्डले फ्रान्सलाई ६–४ गोल अन्तरले पराजित गर्दै तेश्राे स्थान हासिल गरेकाे हो ।
खेलको पहिलो हाफकाे तेस्रो मिनेटमा डिक्लेन राइसले गाेल गर्दै अग्रता लिएकाे इङ्गल्याण्डले १८ औं मिनेटमा एज्री कोन्साकाे गोल मार्फत अग्रता दोब्बर बनाएकाे थियाे । त्यसपछि बुकायो साकाले ३७ औं मिनेटमा र इन्जुरी समय (४५+१) मा थप अर्काे गाेल गर्दै मध्यान्तरअघि इङ्गल्याण्ड ४–० को विशाल अन्तरमा पुर्याएका थिए ।
पहिलो हाफमा ४–० ले पछि परेकाे फ्रान्सका लागि दोस्रो हाफ ४८ औं मिनेटमा कप्तान किलियन एम्बाप्पेले पहिलाे गाेल गरेका थिए । ५४ औं मिनेटमा एम्बाप्पेकै पासमा ब्रैडली बारकोलाले गोल गरेपछि खेल ४–२ को स्थितिमा फर्किएकाे थियाे ।
खेलकाे ६६ औं मिनेटमा एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई ४–३ को स्थितिमा पुर्याएका थिए । खेलकाे ८७ औं मिनेटमा इङ्गल्याण्डका बुकायो साकाले पेनाल्टी मार्फत गाेल गरेर टोलीलाई ५–३ को अग्रता दिलाएका थिए ।
खेलकाे इन्जुरी समयको ९०+६ औं मिनेटमा फ्रान्सका ओसमाने डेम्बेलेले गोल गरेपछि खेल फेरि ५–४ को रोमाञ्चक मोडमा पुगेकाे थियाे । फ्रान्सले बराबरीका लागि हरप्रयास गरिरहँदा इन्जुरी समयकै ९०+८ औं मिनेटमा इङ्गल्याण्डका जुड बेलिङ्घमले अन्तिम गाेल गरेर इङ्गल्याण्डलाई ६–४ को जित दिलाउँदे फिफा विश्वकप २०२६ काे तेस्रो स्थानमा पुर्याए ।
अब फिफा विश्वकप २०२६ को अन्तिम फाइनल खेल साविक विजेता अर्जेन्टिना र युरोपेली च्याम्पियन स्पेनबीच न्यूयोर्क न्यू जर्सी स्टेडियममा आइतबार राति १२:४५ बजे हुनेछ ।
प्रतिक्रिया