चितवनको मुग्लिन-नारायणगढ सडकखण्डमा यात्रुवाहक बस ठाेक्किएर दुर्घटना भएकाे छ । उक्त दुर्घटनामा केही यात्रु घाइते भएकाे प्रहरीले जनाएकाे छ ।
दाङबाट काठमाडौं आउँदै गरेको लु.प्र.०१००१ ख ०५०५ र नारायणगढबाट काठमाडौं जाँदै गरेको बा. प्र. ०३ ००१ ख १६७१ नम्बरको बस ठोक्किएका हाे । प्रहरीका अनुसार चितवनको मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत जलबीरे नजिकै बस ठक्कर खाँदा सडक अवरुद्ध बनेको छ ।
सडक डिभिजन कार्यालय चितवनका अनुसार ठोक्किएका बसहरुलाई हटाउने काम भैरहेको छ भने उक्त दुर्घटनामा केही यात्रु घाइते पनि संख्या भने खुलेको छैन । वर्षा र पहिरोको उच्च जोखिम भएको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले शनिबार राति १० बजेदेखि बन्द गराएको सो सडकखण्ड बिहान ६ बजे खुलेको थियो ।
सडक खुला भएलगत्तै सवारी साधनहरुले लेन मिच्दा दुर्घटना तथा लामोसम्म जाम हुने गरेको छ । सडक डिभिजन कार्यालयले सीमित गतिमा लेन अनुशासनमा रही सवारीसाधन चलाउन अनुरोध गरेको छ भने दुर्घटना भएपछि यात्रुहरू बिच बाटोमै अलपत्र परेका छन् ।
सडकमा सवारीको चाप बढ्न सक्ने भन्दै डिभिजनले चालकहरूलाई हतार नगर्न, सीमित गतिमा सवारी चलाउन र अनिवार्य रूपमा लेन अनुशासन पालन गर्न अनुरोध गरेको छ । अवरुद्ध सडक केही समयमा खुल्ने अपेक्षा गरिएको छ, तर वर्षा र चापका कारण यात्रा गर्दा विशेष सतर्कता अपनाउन प्रहरी र सडक विभागले आग्रह गरेका छन् ।
प्रतिक्रिया