+
Search

ताजा अपडेट +

पपुलर +

फिफा विश्वकप २०२६ को उपाधि स्पेनलाई

शब्द-यात्रा
२०८३ साउन ४, सोमबार

फिफा विश्वकप २०२६ अन्तर्गत अमेरिकाको न्युयोर्कस्थित न्यु जर्सी स्टेडियममा भएको फाइनल खेलमा स्पेनले अर्जेन्टिनालाई १–० ले हराउँदै उपाधि जितेकाे छ । स्पेनले १६ वर्षपछि विश्वकपको उपाधि जितेको हो ।

स्पेनलाई उपाधि जिताउन फेरान टोरेसले गरेको गोल नै निर्णायक गाेल बनेकाे हाे । निर्धारित ९० मिनेटमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको र टोरेसले खेलको अतिरिक्त समय १०६औं मिनेटमा स्पेनका लागि गोल गर्दै अग्रता दिलाएका थिए ।

निर्धारित समयको अन्तिम समयमा एन्जो फर्नान्डेजले दोहोरो पहेँलो कार्ड पाउँदै मैदान बाहिरिएपछि अर्जेन्टिना १० खेलाडीमा सीमित भएको थियो । अतिरिक्त समयको दोस्रो हाफको सुरुवातमै स्पेनले अग्रता लिँदै उपाधि हात पार्न सफल भएकाे हाे ।

खेलको अधिकांश समय अर्जेन्टिनालाई दबाबमा राखेकाे स्पेनले सन् २०१० मा पछिल्लोपटक विश्वकपको उपाधि जितेको थियो । यसपटक फाइनलमा अर्जेन्टिनालाई हराउँदै स्पेनले १६ वर्षपछि विश्वकपको उपाधि जितेकाे हाे ।

यसअघि अर्जेन्टिनाले सन् २०२२ को विश्वकपको उपाधि जितेको थियो भने स्पेनसँग फाइनलमा पराजित भएसँगै अर्जेन्टिनाले लगातार विश्वकपको उपाधि जित्न सकेन ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा