+
Search

ताजा अपडेट +

पपुलर +

संघीय संसद्का तीन समितिको बैठक बस्दै

शब्द-यात्रा
२०८३ साउन ४, सोमबार

काठमाडौं । संघीय संसद् अन्तर्गतको तीन समितिको बैठक बस्दै छ । संघीय संसद् सचिवालय, सिंहदरवार परिसरमा उक्त बैठकहरू बस्नेछन् ।

जसअनुसार विधायन व्यवस्थापन समितिको बैठक दिउँसो २ः१५ बजेबाट सुरू हुँदै छ । जुन बैठकमा ऐन कार्यान्वयन मापन सम्बन्ध र विधायिकी अन्तरसम्बन्ध सम्बन्धमा छलफल गरिनेछ भने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा मधेश र बागमती प्रदेश अन्तर्गतका जिल्लाहरूमा गरिएको अनुगमनको समीक्षा गरिने भएको छ । जुन बैठक दिउँसो १ः०० बजेबाट सुरू हुनेछ ।

साथै, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा संसदीय अध्ययन तथा अनुसन्धान महाशाखाद्वारा तयार पारिएको ‘राष्ट्रिय महिला आयोगको कार्य प्रभावकारिता सम्बन्धी अध्ययन’ प्रतिवेदनबारे छलफल हुने जनाइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा