+
Search

ताजा अपडेट +

पपुलर +

बाढीपहिरोले देशका नौ प्रमुख राजमार्गमा आवागमन ठप्प

शब्द-यात्रा
२०८३ साउन ४, सोमबार

देशका विभिन्न स्थानमा लगातारको वर्षासँगै पहिरो र बाढीका कारण नौ प्रमुख राजमार्ग अवरुद्ध भएका छन् ।

नेपाल प्रहरीका अनुसार, कोशी र बागमती प्रदेशका विभिन्न सडकखण्डमा पूर्ण तथा आंशिक अवरूद्ध छ ।

कोशी प्रदेशको भोजपुर नगरपालिका–५ बोखिमस्थित मध्यपहाडी लोकमार्ग भने बाढीका कारण एकतर्फी सवारी सञ्चालन भइरहेको छ । इलाम नगरपालिका–९ राजदुवाली र पाँचथरको याङवरक गाउँपालिका–१ खोबरे खोलास्थित मेची राजमार्ग, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ माटेखोला क्षेत्रमा मध्यपहाडी लोकमार्गको दिक्तेल–भोजपुर सडकखण्ड पहिरोबाट पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ ।

बिपी राजमार्ग सञ्चालनमा रोक लगाइएको छ भने काठमाडौं–हेटौँडा कान्ति लोकपथमा सम्भावित बाढी तथा पहिरो जोखिमका कारण अर्को सूचना नभएसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ जुरीखोला र कोदारीस्थित अरनिको राजमार्ग पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध रहेको नेपाल प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा