काठमाडौँको बौद्धमा एक युवतीले शरिरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेकी छन् । काभ्रेको तेमाल गाउँपालिका स्थायी घर भई हाल बौद्ध बस्दै आएकी २७ वर्षीया सालु गुरुङले पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेकी हुन् ।
गुरुङले हिजाे दिउँसो पाैने ३ बजे आत्मदाहको प्रयास गरेकी र आगोले उनको अनुहार, छाती र दुवै हातसहित शरीरको करिब ५० प्रतिशत भाग जलेको बताइएकाे छ । विवाहित गुरुङले बौद्ध क्षेत्रमै खाजा घर सञ्चालन गर्दै आएकी थिइन् ।
उक्त घटना लगत्तै उनलाई उद्धार गरी गोकर्णेश्वर–६, स्थित सुष्मा कोइराला मेमोरियल अस्पताल लगेर सामान्य उपचार गराइएपछि थप उपचारका लागि उनलाई कीर्तिपुरस्थित कीर्तिपुर बर्न अस्पताल पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
प्रहरीकाे प्रारम्भिक अनुसन्धानअनुसार घरायसी विवादपछि उनले आत्मदाहको प्रयास गरेको देखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया