+
Search

ताजा अपडेट +

पपुलर +

पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु

शब्द-यात्रा
२०८३ साउन ५, मंगलबार

पाकिस्तानमा गएको २४ घण्टामा वर्षासँग सम्बन्धित घटनामा कम्तिमा नौ जनाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएका छन् ।

योसँगै गत जुन –२६ देखि देशव्यापी मनसुनी वर्षा जन्य घटनामा मृत्यु हुनेको सङ्ख्या ४७ जना पुगेको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

आकस्मिक बाढीका कारण घर भत्किदा मृत्यु हुनेमा उत्तरपश्चिम खैबर पख्तुनख्वाका छ जना र कश्मीरका तीन जना रहेको एनडिएमएले उल्लेख गरेको छ ।

एनडिएमएका अनुसार मनसुन सुरु भए देखि १२३ जना घाइते भएका छन् भने १७८ वटा घरहरू क्षतिग्रस्त भएको र करिब ३.४२ किलोमिटर सडक प्रभावित भएको जनाइएको छ । एनडिएमएले प्रभावित क्षेत्रका बासिन्दाहरूलाई, बाढी– पहिरो तथा वषाए जन्य जोखिमबाट सतर्क रहन आग्रह गर्दै आगामी दिनमा मनसुन वर्षा जारी रहने पूर्वानुमान जारी गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा