काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले नागरिकमा असन्तुष्टि बढेको बताएका छन् ।
गुरुराज घिमिरेद्वारा लिखित ‘बुद्ध, बिपी र आजका नेता लिलिपुटका लघुमानव’ पुस्तकको मंगलबार काठमाडौँमा भएको विमोचन समारोहलाई सम्बोधन गर्दै सभापति थापाले राजनीतिमा चरम विकृति रहेको र सोही विकृतिका कारण असन्तुष्टि बढेको बताएका हुन्।
‘राजनीतिमा चरम विकृति छ र यो विकृतिले गर्दा नागरिकमा व्यापक रूपमा असन्तुष्टि आइरहेको छ’, थापाले भने, ‘यो विकृति समयमै सम्बोधन गरिएन भने विस्फोट हुन्छ ।’
प्रतिक्रिया