+
Search

ताजा अपडेट +

पपुलर +

बागमती सरकारबाट बाहिरिँदै एमाले, राजीनामा दिँदै ६ मन्त्री

शब्द-यात्रा
२०८३ साउन ५, मंगलबार

बागमती प्रदेश सरकारमा सहभागी नेकपा (एमाले) का मन्त्रीहरूले मंगलबार (आज) मुख्यमन्त्री समक्ष राजीनामा बुझाउने भएका छन्।

सोमबार काठमाडौँमा बसेको बागमती प्रदेश संसदीय दलको बैठकले सरकारबाट तत्काल नबाहिरिने निर्णय गरेको एमालेले आज केन्द्रको निर्देशन बमोजिम राजीनामा दिन लागिएको एक मन्त्रीले बताए ।

आजै एमालेका ६ जना मन्त्रीहरूले राजीनामा बुझाउनेछन् ।

बागमती प्रदेशमा नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकारमा एमालेका ६ जना मन्त्री सहभागी छन्।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा