+
Search

ताजा अपडेट +

पपुलर +

माइतीघर क्षेत्र डुवानको प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न निर्देशन

शब्द-यात्रा
२०८३ साउन ६, बुधबार

काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले केहि दिनअघि वर्षासँगै माइतीघर क्षेत्रमा भएकाे डुवानबारे प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न निर्देशन दिएकी छन् । कार्यवाहक प्रमुख डंगोलले माइतीघर क्षेत्रको डुवानको प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न साझेदार कार्यालयका अधिकारीहरुलाई निर्देशन दिएकी हुन् ।

डुवान हुने क्षेत्रको हिजाे मंगलबार अनुगमन गर्दै विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, डिभिजन सडक कार्यालय काठमाडौँ र महानगरपालिकाका सम्बन्धित विभागको टोलीलाई प्रतिवेदन पेश गर्न निर्देशन दिएकी हुन् । अनुगमनमा उपत्यका ट्राफिक प्रहरी कार्यालय, काठमाडौँ महानगरपालिकाको विपद व्यवस्थापन विभाग, सार्वजनिक निर्माण विभाग, सहरी योजना आयोग, महानगर प्रहरी बलका अधिकारी सहभागी रहेका थिए ।

अनुगमनका क्रममा माइतीघर क्षेत्रमा ९० सेन्टिमिटरको ढल राखिएको र निकास हुने ठाउँमा ६० सेन्टिमिटरको ढल भएका कारणले डुवान भएको प्रारम्भिक अवस्थामा देखिएका थियाे । तर, कारण त्यति मात्र नभएकाे भन्दै अधिकारीहरुले, माइतीघर मण्डला क्षेत्र वरिपरि भवन संरचना निर्माण गर्दा ढल निकास प्रणालीमा अवरोध हुन सक्ने अनुमान गरिएको छ ।

अनुगमनका क्रममा कार्यवाहक प्रमुख डंगोलले, स्थानीय प्रशासनसहित पूर्वाधार निर्माण तथा सुविधा वितरणसँग सम्बन्धित साझेदारसँगको सहकार्यमा माइतीघर मण्डला क्षेत्रलाई डुवान मुक्त बनाइने बताएकी छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा