+
Search

ताजा अपडेट +

पपुलर +

दोलखामा एकजना बाढीले बगायाे,चार जना जोखिममा

शब्द-यात्रा
२०८३ साउन ६, बुधबार

अविरल वर्षासँगैकाे बाढीले दोलखाको गौरीशंकर गाउँपालिका-९, मा एक जना वृद्धलाई बगाएर बेपत्ता बनाएकाे छ भने चार जना जोखिमपूर्ण स्थानमा रहेकाे बताइएकाे छ । गएराति गौरीशंकर गाउँपालिका-९ स्थित सिप्रिङ खोलामा आएको बाढीले स्थानीय ७३ वर्षीय तसमान तामाङलाई बाढीले बगाएको हो ।

गौरीशंकर गाउँपालिका-९ का वडाअध्यक्ष ङिमगेली शेर्पाका अनुसार तसमानलाई गाई-बाख्राको गोठसहित बगाएको बताइएकाे छ । अन्य चार जना जोखिमपूर्ण स्थानमा रहेकाे वडाअध्यक्ष शेर्पाले जनाएका छन् ।

बाढीका कारण सिप्रिङ खोला जलविद्युत केन्द्र (सिनर्जी हाइड्रोपावर) मा कार्यरत कर्मचारीहरु सुकदेव श्रेष्ठ, सूर्यबहादुर तामाङ, कल्याण विक र विनोद श्रेष्ठ भीरको खुड्किलोमा अड्किएकाे र उक्त ठाउँ पनि असुरक्षित रहेको वडाध्यक्ष शेर्पाले बताएका छन् ।

अहिले पनि खोलामा निरन्तर बाढी आइरहेकाले उनीहरुको उद्धारमा कठिनाइ भइरहेको छ भने घटनास्थलमा प्रहरी जाँदै गरेकाे जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डीएसपी मनोज लामाले बताएका छन् । उक्त स्थान दुर्गम भेगमा रहेकाेले पैदल जानुपर्ने हुँदा घटनास्थल पुग्न केही समय लाग्ने डीएसपी लामाले जनाएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा