काठमाडौँ । डा. गोविन्द केसीले भोलि (बिहीबार) देखि पुनः सत्याग्रह सुरु गर्ने घोषणा गरेका छन् ।
दार्चुलाबाट आज प्रेस विज्ञप्ति जारी गर्दै उनले सरकारले आफ्ना मागहरूप्रति देखाएको संवेदनहीनता र बेवास्ताका कारण २२ औँ पटकको अनशन बस्ने घोषणा गरेका हुन् ।
यसअघि सरकारलाई माग सम्बोधनका लागि साउन ५ गतेसम्मको समयसीमा दिइएको भए पनि कुनै सुनुवाइ नभएपछि अनशन सुरु गर्न लागिएको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया