+
Search

ताजा अपडेट +

पपुलर +

यस्ता छन् मन्त्रिपरिषद्ले गरेका निर्णय

शब्द-यात्रा
२०८३ साउन ६, बुधबार

काठमाडौँ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ ।

शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले बैठकले विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत तुलसीपुरका न्यायाधीश बासुदेव आचार्य र श्रम अदालतको अध्यक्षमा उच्च अदालत सुर्खेतका न्यायाधीश दीपेन्द्र अधिकारीलाई तोक्ने निर्णय भएको जानकारी दिए ।

सरकारले गुठी संस्थानको प्रशासक पदमा शैलेन्द्र राज कुँवरलाई नियुक्त गरेको छ । पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई प्रोत्साहन गर्न विशेष सहुलियतको घोषणा गरेको छ ।

यसैगरी मिटरब्याज पीडितको समस्या समाधानका लागि सरकारले यसअघि भएको सम्झौतालाई अनुमोदन गरेको छ । यस्तै, गणेश नेपालीको आत्मदाह घटनाको सत्यतथ्य पत्ता लगाउन उच्च अदालतका पूर्व न्यायाधीश केशवप्रसाद बास्तोलाको अध्यक्षतामा एक न्यायिक समिति गठन गरिएको छ ।

बैठकले नागरिकलाई राहत दिने गरी शिक्षा र स्वास्थ्य क्षेत्रको समता शुल्क पूर्ण रूपमा छुट दिने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा