+
Search

ताजा अपडेट +

पपुलर +

आईसीसी विश्वकप लिग–२ अन्तर्गतकाे खेलमा नेपाल र नेदरल्यान्ड्स भिड्दै

शब्द-यात्रा
२०८३ साउन ७, बिहीबार

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणत्मक सिरिजको दोस्रो खेलमा नेपालले र नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । युट्रेचस्थित स्पोर्ट्सपार्क मार्सचल्करविर्ड मैदानमा दिउँसाे पाैने ३ बजे हुने खेलमा आज नेपालले आयोजक नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्न लागेकाे हाे ।

यसअघि नामिबिया विरुद्धको पहिलो खेलमा ८ विकेटको पराजित भएकाे नेपाली टोली आजको खेल जित्दै उत्कृष्ट पुनरागमन गर्ने रणनीतिमा रहेकाे छ । नेपाल घरेलु मैदानमा दुई सिरिज खेल्नुअघि सातौँ स्थानमा थियो । अब नेपालले साउन ११ गते नामिबिया र १३ गते पुनः नेदरल्यान्ड्सँग खेल्ने खेल तालिका रहेकाे छ ।

पाँचौँ स्थानमा रहेको नेपालले २८ खेलबाट २४ अंक बनाएको छ भने समान खेलबाट ३२ अंक बनाएको नेदरल्यान्ड्स तेस्रो र २४ अंक बनाएको नामिबिया सातौँ स्थानमा रहेकाे छ । शीर्षस्थानमा रहेको अमेरिकाको ३२ खेलबाट ४३ अंक हुँदा दोस्रो स्थानमा रहेको स्कटल्यान्डको ३२ खेलबाट ३८ अंक रहेकाे छ ।

त्यसैगरि चौथो स्थानमा रहेको ओमानको ३२ खेलबाट ३१ अंक छ भने नेपालपछि छैटौँ स्थानमा रहेको क्यानडाको ३२ खेलबाट २४ र २४ खेलबाट १४ अंक बनाएको युएई तालिकाको आठौँ एवं अन्तिममा रहेकाे छ ।

नेपाललाई शीर्षचारमा परेर चालु विश्वकप लिग–२ बाट विश्वकप ग्लोबल क्वालिफायरमा स्वतः चयन हुन बाँकी सबै खेल जित्नुपर्ने बाध्यता रहेकाे छ । यस प्रतियोगिताबाट एकदिवसीय मान्यता प्राप्त गर्न भने शीर्ष ६ स्थानमा अटाए पुग्ने प्रावधान रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा