काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले वाम आन्दोलन फेरि उठ्ने विश्वास व्यक्त गरेका छन् ।
नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८ औँ स्मृति दिवसका अवसरमा बिहीबार सामाजिक सञ्जालबाट सन्देश जारी गर्दै उनले वर्तमान अवस्थामा नेपालको वाम आन्दोलनले अलिकति धक्का खाए पनि फेरि उठ्ने बताएका हुन् ।
‘पुष्पलाल र बीपी नेपालको वाम तथा लोकतान्त्रिक आन्दोलनका महान हस्ती हुनुहुन्थ्यो,’ ओलीले भनेका छन्, ‘उहाँहरू दुवै नेपालको वाम तथा प्रजातान्त्रिक आन्दोलनका बहुआयामिक र शिखर व्यक्तित्व हो, ‘उहाँहरू दुवैको आआफ्नो ठाउँमा नेपालको राजनीतिक र सामाजिक परिवर्तनमा असाधारण योगदान छ। यस सन्दर्भमा उहाँहरूको योगदाको सम्मान गर्दै, योगदानहरूबाट सिक्दै अगाडि बड्ने प्रण गर्दछु।’
प्रतिक्रिया