+
Search

ताजा अपडेट +

पपुलर +

सामाजिक अभियन्ता वाङचुकले अनशन ताेडे

शब्द-यात्रा
२०८३ साउन ८, शुक्रबार

भारतका सामाजिक अभियन्ता सोनम वाङचुकले २६ दिन लामाे अनशन ताेडेका छन् । उनले केन्द्रीय मन्त्री जे.पी. नड्डा, डा. जितेन्द्र सिंह, लेह–लद्दाख एपेक्स बडीका वरिष्ठ नेताहरूको उपस्थितिमा अनशन तोडेका हुन् ।

वाङचुकले लामो छलफल पछि केही सर्तमा भएको सहमति तथा देशमा सम्भावित हिंसाको जोखिमलाई मध्येनजर गर्दै अनशन अन्त्य गर्ने निर्णय गरेकाे सामाजिक सञ्जाल एक्समार्फत जानकारी गराएका हुन् । यसअघि वाङचुकलाई विभिन्न राजनीतिक दलका ६५ जना सांसदहरूले पत्र लेखेर अनशन अन्त्य गर्न आग्रह गरेका थिए ।

उक्त पत्र र मन्त्री जे.पी. नड्डालगायतकाे नेताहरुसँगकाे सहमति पछि अनशन अन्त्य गरेकाे बताउँदै सामाजिक सञ्जाल एक्स मार्फत वाङचुकले लेखेका छन्, ‘सर्तहरूबारे म चाँडै नै छुट्टै भिडियोमार्फत विस्तृत जानकारी दिनेछु । त्यसबेलासम्म म सबैसँग जहाँसुकै कुनै पनि प्रकारको हिंसा हुन नदिन र यस विषयमा अत्यन्त सतर्क रहन आग्रह गर्दछु ।’

मेडिकल शिक्षा सम्बन्धी नीट–यूजी प्रश्नपत्र चुहावट प्रकरणको विरोध गर्दै विद्यार्थीहरूले एक महिनादेखि भारतकाे राजधानी नयाँ दिल्लीमा प्रदर्शन गर्दै प्रदर्शनकारीहरूले केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा मागिरहेका छन् भने साेहि मागको समर्थनमा वाङचुक विगत २६ दिनदेखि आमरण अनशनमा बसेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा