नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । हिजोको तुलनामा आज सुन तोलामा ५ हजार ८ सय र चाँदी १५५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
महासंघका अनुसार आज प्रतितोला छापावाल सुनको मूल्य २ लाख ८५ हजार ५ सय र त्यति नै परिमाणको चाँदीको भाउ ४ हजार ३५० निर्धारण भएको छ । हिजो एक तोला छापावाल सुनको मूल्य २ लाख ९१ हजार ३ सय र त्यति नै परिमाणको चाँदी ४ हजार ५०५ मा कारोबार भएको थियो ।
गत बुधबार एक तोला छापावाल सुनको मूल्य २ लाख ९१ हजार र त्यति नै परिमाणको चाँदीको भाउ ४ हजार ४८० निर्धारण भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन ४ हजार ४५ र चाँदी ५७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया