गएराति काठमाडौंको सुन्दरीजलबाट ३० किलो गाँजासहित दुई जना पक्राउ परेका छन् । बा ८३ प ४३७७ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई गएराति १ बजे गाँजासहित पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–३, हैबुङ घर भई हाल काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका–२, आलापोट डेरा गरी बस्ने २६ वर्षीय अवतार सिंह तामाङ र सुन्दरीजल बस्ने ५४ वर्षीय अम्बक तामाङ रहेका छन् ।
पक्राउ परेका उनीहरुलाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त बौद्धमा राखिएको छ ।
प्रतिक्रिया