काठमाडौँ । गएराति सुनसरीमा भएको घटनाका सम्बन्धमा गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सिडिओ) बासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरूलाई फिर्ता बोलाएको छ ।
गृह मन्त्रालयले उनको ठाउँमा संखुवासभाका सिडिओ ईश्वरीप्रसाद अर्याललाई खटाएको जनाएको छ।
यस्तै, कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय, काठमाडौँ तानिएको छ । उनलाई तानेर त्यहाँ प्रहरी प्रधान कार्यालयमा कार्यरत डिआइजी शेखर खनाललाई पठाइएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी केशव थेवेलाई भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा खटाउँदै उक्त स्थानमा एसपी पुष्पराज मल्ललाई खटाउने निर्णय गरिएको छ।
यस्तै, सशस्त्र प्रहरी बल नेपालका एसपी श्यामकुमार कार्कीलाई फिर्ता बोलाएर प्रधान कार्यालयमा कार्यरत एसपी लवकुमार सापकोटालाई पठाउने निर्णय गरेको छ। साथै, सशस्त्र प्रहरी बल नेपाल कप्तानगञ्जमा कार्यरत प्रहरी नायब उपरीक्षक (डिएसपी) नन्दकिशोर महतोको ठाउँमा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय, काठमाडौँमा कार्यरत डिएसपी मदन नाथलाई पठाइएको छ।
प्रतिक्रिया