आज बिहान संसदीय सुनुवाइ समितिको बैठक बस्दै छ । आजको बैठकमा निर्वाचन आयोगको निर्वाचन आयुक्तका लागि प्रस्तावित गुरुप्रसाद वाग्ले र डा राजीव सुब्बाको सुनुवाइ गर्ने कार्यसूची रहेकाे छ ।
गत असार १९ गते बसेको संवैधानिक परिषद्को बैठकले संवैधानिक परिषद्ले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीको नाम सिफारिस गरेको थियो भने निर्वाचन आयुक्तमा वाग्ले र सुब्बालाई सिफारिस गरेको थियो ।
संवैधानिक व्यवस्था अनुसार संसदीय सुनुवाइ समितिले सुनुवाइ गरेपछि प्रमुख आयुक्त र आयुक्तलाई राष्ट्रपतिले नियुक्त गर्ने प्रावधान रहेकाे छ । समितिले यसअघि प्रमुख आयुक्त र आयुक्तविरुद्ध उजुरी आह्वान गरेको थियो ।
प्रतिक्रिया