+
Search

ताजा अपडेट +

पपुलर +

लमजुङमा पहिरोले धन्सार भत्किदा बाबुछोरीको मृत्यु

शब्द-यात्रा
२०८३ साउन १२, मंगलबार

लमजुङमा पहिरोले धन्सार भत्किदा बाबुछोरीको मृत्यु भएको छ भने थप दुई जना घाइते भएका छन् । लमजुङको मध्यनेपाल नगरपालिका–७, भाटबेंसीमा पहिरोले धन्सार भत्किदा बाबुछोरीको मृत्यु हुनुका साथै दुई जना घाइते भएका हुन् ।

धन्सार भत्किदा मृत्यु हुनेमा मर्स्याङ्दी गाउँपालिका–१, नायुँ घर भई हाल मध्यनेपाल नगरपालिका–७, बस्दै आएका ५९ वर्षीय टिकबहादुर विक र उहाँको कान्छी छोरी १५ वर्षीया विनिता विक रहेकाे प्रहरीले जनाएकाे छ ।

पहिरोमा परी गम्भीर घाइते भएका टिकबहादुर र विनिताको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचारका क्रममा आज बिहान बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर क्षेत्रीले जनाएका छन् ।

धन्सारले पुरिएर घाइते भएका टिकबहादुरको श्रीमती ५० वर्षीया सुकमाया विक र उहाँको जेठी छोरी १६ वर्षीया अस्मिता विकको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भरहेको छ । उनिहरुको अवस्था मध्यम रहेको बताइएकाे छ ।

आज बिहान करिब साढे २ बजे तिरकाे समयमा चतिखोलादेखि भाटबेंसी ल्याएको कुलो भत्किदाँ स्थानीय विष्णुदत्त सुवेदीको दुईतले धन्सार भत्किएको थियो । धन्सार भत्किएको खबर पाउनासाथ ईलाका प्रहरी कार्यालय भोर्लेटारबाट प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माको नेतृत्वमा ११ जनाको प्रहरी टोली उद्धारमा खटिएको थियो ।

घटना पछि स्थानीय र प्रहरी मिलेर घाइते भएका चारै जनालाई उद्धार गरि उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा पठाइएकोमा दुईजनालाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा