काठमाडौंको माइतीघर मण्डलामा सामूहिक आमरण अनशन सुरु गरिएको छ । लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति नेपाल, केन्द्रीय समितिको आह्वानमा मणिराम ज्ञवाली नेतृत्वको समूहले हिजाेदेखि सामूहिक आमरण अनशन सुरु गरेको हाे ।
समूहले हिजाेदेखि ‘ऋणमुक्त जनता, ऋणमुक्त देश’ भन्ने नारासहित सुरु गरेको सामूहिक आमरण अनशनमा देशका विभिन्न स्थानबाट आएका लघुवित्त पीडितहरु रहेका छन् । आन्दोलनमा सहभागीहरूले लघुवित्त पीडितसँग सम्बन्धित सर्वोच्च अदालतको परमादेश तत्काल कार्यान्वयन गर्न, विशेष वित्तीय ऐन खारेज गरी मुलुकी देवानी संहितामा आधारित वित्तीय प्रणाली लागू गर्न माग गरेकाे छन् ।
त्यसैगरि उनिहरुले गरिब, मजदुर, सुकुम्वासी र किसानलाई ब्याज छुटसहित ऋण उपलब्ध गराउन, आवश्यकता र क्षमताको आधारमा काम र पारिश्रमिक सुनिश्चित गर्न तथा निजी बैंक तथा वित्तीय संस्थासम्बन्धी नीतिमा पुनर्विचार गर्नुपर्ने माग अघि सारेका छन् । संघर्ष समितिले आफ्ना माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने जनाएको छ ।
प्रतिक्रिया