+
Search

ताजा अपडेट +

पपुलर +

सुनसरीको झडपले बिराटनगरका शैक्षिक संस्था बन्द

शब्द-यात्रा
२०८३ साउन १२, मंगलबार

छिमेकी जिल्ला सुनसरीको देवानगञ्ज–३ कप्तानगञ्जको घटनापछि सुरु भएको प्रदर्शनका कारण विराटनगरका शैक्षिक संस्था बन्द भएका छन् ।

आइतबार राति देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समूहबीच भएको झडपलाई नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर एक स्थानीयको मृत्यु भएपछि त्रासले बिराटनगरका विद्यालय बन्द भएका हुन् ।

विराटनगर महानगरपालिकाको शिक्षा महाशाखाले विद्यालय बन्द गर्ने औपचारिक निर्णय नगरे पनि सुरक्षा जोखिम र यातायात अवरोधको चेतावनीका कारण विद्यालयहरू स्वतः स्फूर्त रूपमा बन्द गरिएको स्थानीयले जानकारी दिएका छन् ।

 

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा