आज नेपाली बजारमा सुनचाँदीकाे मूल्य घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४ हजार ३ सय रुपैयाँ घटेको हाे । हिजाे सुनकाे मूल्य प्रतितोला २ लाख ८४ हजार २ सय रुपैयाँ रहेकाेमा आज प्रतिताेला ४ हजार ३ सय रुपैयाँ घटेकाे हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १३५ रुपैयाँ घटेको छ । सोमबार प्रतितोला ४ हजार ४४५ रुपैयाँ रहेको चाँदी आज ४ हजार ३१० रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया