काठमाडौँ । सुनसरी घटनालाई लिएर बुधबार आफैँले बोलाएको सर्वदलीय बैठकपछि सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जिम्मेवार भएर अगाडि बढ्न सबैलाई आग्रह गरेका छन्।
‘प्रधानमन्त्रीले गर्नुपर्ने काम गरिराख्नुभएको छ गृहमन्त्रीले गर्नुपर्ने काम गरिराख्नुभएको छ । अहिले शान्ति सद्भाव कायम गर्ने हो। अहिले चर्का कुरा गर्ने होइन। कसले बोल्यो कसले बोलेन भन्ने होइन। समाजिक सद्भाव नभड्कियोस् भन्ने हो।’ उनले भनेका छन् ।
लामिछानेले वर्तमान घटनाक्रमका विषयमा राजनीतिक दलहरूको दृष्टिकोण र मार्गनिर्देशन तय गर्न शिर्ष नेताहरूबीच संवाद भएको बताएका छन् ।
प्रतिक्रिया