+
Search

ताजा अपडेट +

पपुलर +

निर्माणाधीन सेप्टिक ट्याङ्कीमा फसेर तीन मजदुरको मृत्यु

शब्द-यात्रा
२०८३ साउन १३, बुधबार

बाँकेको कोहलपुर नगरपालिका–३ शान्तिटोलमा निर्माणाधीन सेप्टिक ट्याङ्कीमा फसेर तीन जना मजदुरको मृत्यु भएको छ।

स्थानीय दयाप्रसाद थारुको डीबीसी भई पिलर उठाइएको घरको आँगनमा निर्माणाधीन सेप्टिक ट्याङ्कीमा आज बिहान करिब ९ बजे फसेका बाँकेको कोहलपुर नगरपालिका–३ बस्ने अन्दाजी ४० वर्षीय कालु थारु, अन्दाजी २६ वर्षीय प्रकाश थारु र अन्दाजी ३३ वर्षीय बिर्जा थारुको मृत्यु भएको हो ।

प्रहरीले जेसीबीको सहायताले सेप्टिक ट्याङ्की फुटाएर तिनै जनालाई मृत अवस्थामा बाहिर निकालेको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा